काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्यालीको नेतृत्व गरेका छन् ।
राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्याली आयोजना गरेको हो ।
बबरमहलबाट निस्किएको र्याली दरबारमार्ग पुगेको छ । नारायणहिटी दरबारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैँले चलाएर दरबारमार्ग पुगेका थिए । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग