काठमाडौ । अमेरिकामा अवैधरूपमा बसेका १० नेपालीलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंमा आउने भएको हो।
अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।
निष्कासित भएकामध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो । केही भने गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो