काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि व्यवस्थाविरोध शक्तिहरु उत्साहित भएको निष्कर्ष निकालेको छ । यद्यपि, राजावादीहरुको सक्रियता लामो समयसम्म नटिक्ने माओवादीको बुझाइ छ ।
खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकमा देशको पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, अन्तराष्ट्रिय जगत, दलहरुबीच भएका संवाद, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको भूमिकालगायतको बिषयमा छलफल भएको सचिव लीलामणि पोखरेलले बताए ।
उनले भने, ‘पूर्वराजाको अभिव्यक्तिले केही प्रतिगामी शक्तिहरु अलिक उत्साहित बन्न खोजेको जस्तो देखिन्छ । उनीहरुले त्यहीअनुसार प्रदर्शन गर्न थालेका छन् । केही हौसिएका पनि देखिन्छन् । तर त्यो लामो समयसम्म रहनसक्ने स्थिति रहन्न ।’
उनले दल विभाजन सम्बन्धी विधेयक र अध्यादेशको विषयमा पनि छलफल भएको बताए ।उनले भने, ‘अध्यादेश अहिलेसम्म कार्यसूचीमा आएका छैनन्। अध्यादेश खारेज गर्नुपर्छ। अध्यादेश अघि बढाउँदा जनप्रतिनिधिमूलक संस्थालाई कमजोर बनाउन, शासकहरुको स्वेच्छाचारी बन्ने प्रवृत्ति हामी हुन्छ, र गलत कुरालाई निहित उद्देश्य पूरा गर्नैको लागि संसदीय प्रक्रियालाई छल्ने परम्परा बन्छ ।’
उनले अध्यादेशका केही कन्टेनहरु आपत्तिजनक रहेको भन्दै खारेज गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा