काठमाडौं । सत्तासिन दुई दल मध्ये कांग्रेस घाटामा चलिरहँदा एमाले भने नाफामा छ । एमालेसँग ७ करोड भन्दा बढी रकम आर्थिक वर्ष २०८०/०८१ मा बचत देखिएको छ ।
उसले आम्दानी मात्रै यो आर्थिक बर्षमा अन्य दलको तुलनामा झण्डै दोब्बरले गरेको थियो ।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष (आव २०७९/८०) मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमालेले पछिल्लो वर्षमा आम्दानी बढाएर पार्टीलाई बचतमा लगेको हो । यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले एमाले बचतमा छ ।
एमाले अन्य राजनीतिक दलको तुलनामा चन्दा उठाउनेमा पनि अब्बल देखिएको छ । अन्य राजनीतिक दलको तुलनामा एमालेको आम्दानी बढ्नुमा चन्दा पनि प्रमुख स्रोत देखिएको छ । त्यस आलावा आम्दानीको स्रोतमा एमालेले लेवीलाई प्रमुख आधार भएको बताएको छ । पार्टी सदस्यबाट नियमित लेवी, ५ हजार ब्यक्तिसँग ५ हजार अभियान, चन्दा लगायतलाई उसले आम्दनीको प्रमुख स्रोत भएको बताएको छ ।
नेपालका राजनीतिक दलहरुमध्ये एमाले मात्रै अहिले वचतमा देखिएको पार्टी हो । अन्य पार्टीहरु सबैजसो घाटामा रहेको ती दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनमा देखिन्छ । सरकारमै रहेको अर्काे दल कांग्रेस भने झण्डै साँढे दुई करोडले घाटामा रहेको तथ्यांक छ ।
उसले दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपियाँले घाटामा पार्टी रहेको तथ्यांक निर्वाचन आयोगमा देखाएको छ । कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।
कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग छ । उसले एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट कांग्रेसले करिब ७१ लाख जम्मा गरेको दावी गरेको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी पनि घाटामा नै छ । यद्यपी उसको आम्दानी र खर्च करिव बराबर जस्तै छ । थोरै मात्र माओवादी घाटामा देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले आव २०८०र८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको जनाएको छ । माओवादीलाई २ हजार ४४३ रुपैयामात्र घाटा छ । आम्दानी बराबर खर्च भएको र सामान्य अंकमा मात्र माओवादी घाटामा रहेको निर्वाचन आयोगमा बुझाएको विवरणमा देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीको दोब्बर खर्च गरेको छ । उसले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ उसको खर्च छ । एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९र८० मा करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ३२ लाख ८६ हजार रुपौयाले घाटामा छ । उसले चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको तथ्यांक छ । तर खर्च भने उसले आम्दानी भन्दा बढी गरेको छ । एकीकृत समाजवादीको खर्च चार करोड ५७ लाख ४० हजार रुपियाँ छ । आर्थिक बर्ष २०८०/०८१ मा घाटामा रहेपनि अघिल्लो आथिर्क वर्षमा एकीकृत समाजवादी बचतमा थियो । त्यस आधामा एकीकृत समाजवादी भने अझै बचतमा नै छ । अघिल्लो २०७९/८० को मौज्दातबाट घाटा कट्टी गराएको एकीकृत समाजवादी हाल ९९ लाख ६१ हजार ५८३ रुपियाँले बचतमा छ ।
अन्य राजनीतिक दलहरु पनि आम्दानीको तुलनामा घाटामा रहेको आयोगमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था अनुसार दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनका आधारमा एमाले मात्रै अहिले नाफामा रहेको पार्टी देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह