गण्डकी । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराउनुभएको हो ।
सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका दरखास्त आह्वान
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै