सरकार बनाउने र गिराउने खेलमा माओवादी छैन : उपाध्यक्ष श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, ११ : ४५
सरकार बनाउने र गिराउने खेलमा माओवादी छैन : उपाध्यक्ष श्रेष्ठ

ताप्लेजुङ। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् ।

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ट पारे।

'पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ,' उनले भने ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस