काठमाडौं। अर्थ मन्त्रालयले गत असोज महिनाको दोस्रो साताको बाढी र पहिरोका कारण क्षति भएका सडक र पुलसहित २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।
फागुन ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माग गरिएको यस निर्णयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज (फागुन ६) सहमति दिएका हुन् ।पुनर्निर्माणका लागि सहमति दिइएका २६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणको आयोजनाहरू छन् ।
सडक पुनर्निर्माण योजनामा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्ग लगायतका प्रमुख मार्गहरू समावेश छन्।
यसैगरी, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र
अर्थ मन्त्रालयले थाल्यो आगामी वर्षको बजेट कार्यान्वयन गृहकार्य
प्रदेश र स्थानीय तहका लागि ४.१७ खर्ब बजेट, कुन स्थानीय तहमा कति ? (सूचीसहित)