काठमाडौं । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।
गएराति प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०९ : ३७
लेखकबाट थप