काठमाडौँ । निर्वाचन प्रणाली सुधारको बहस चलिरहेको बेलामा सत्तारुढ नेपाल काँग्रेसमा नयाँ बहस सुरु भएको छ । संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरु भएको हो ।
स्थानीय तह निर्वाचनको तुस आम निर्वाचनमा परेको साथै बागी–विद्रोही बढ्दा पार्टीलाई ठूलो नोक्सानी भएको निष्कर्षसहित काँग्रेसमा नयाँ बहस सुरु भएको हो । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचन पहिला र स्थानीय तहको निर्वाचन पछि गर्नुपर्छ भन्ने कुरा पार्टीमा प्रवेश भएको बताए ।
उनले भने, ‘स्थानीय तहको संघ र प्रदेशको भन्दा पछि या एकै पटक गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पार्टीमा उठेको छ । यो कुरा काँग्रेसमा मात्रै होइन । अरु पार्टीमा पनि उठिरहेको विषय हो ।’
उनले अहिले पार्टीमा विषय प्रवेश मात्रै भएको भन्दै कुनै निर्णय नभएको बताए । उनले भने, ‘अहिले छलफल मात्रै भएको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । भोलिको दिनमा के हुन्छ अहिले भन्न सकिँदैन ।’
यो विषय पार्टी सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बसेको बैठकमा पनि उठेको थियो । त्यसअघि बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले संघ र प्रदेशको भन्दा स्थानीय तहको चुनावलाई पछि गर्नुपर्ने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव