एजेन्सी । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा ज्यान गुमाएका १८ जनाका परिवारलाई भारतीय रेलवेले जनही १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
यस्तै घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा भारतीय रेलवेले गरेको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९:२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्।
दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो।
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्। नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मृत्यु भएकाहरूप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो।भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हरिद्वारमा मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चारजनाको मृत्यु