संस्थागत क्षमता स्वमूल्यांकनमा मधेशका स्थानीय तह कमजोर, ठोरी पहिलो

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, १४ : ५७
संस्थागत क्षमता स्वमूल्यांकनमा मधेशका स्थानीय तह कमजोर, ठोरी पहिलो

जनकपुरधाम । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मधेश प्रदेशको नतिजा कमजोर देखिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पालिकाहरू कमजोर देखिएको हुन् ।

पाँचवटा बाहेक १२९ पालिकाले ६० अंक समेत कटाउन सकेको छैन । मधेशको १३६ पालकिामध्ये पर्साको ठोरी (सुवर्ण) गाउँपालिका प्रथम भएको छ । उसले ७१.२ अंक प्राप्त गरेर प्रदेशमै प्रथम भएको हो ।

यस्तै पर्साकै पटेर्वाकै सुगौली गाउँपालिका ६३.५ अंकसहित दोस्रो भएको छ । त्यस्तै ६२.४ अंकसहित बाराको प्रसौनी गाउँपालिका तेस्रो र ६२.१ अंकसहित रौतहटको गौर नगरपालिका चौथो भएको छ ।

यस्तै ६१.५ अंकसहित बाराको परवानीपुर गाउँपालिका ६१.५ अंकसहित पाँचौँ भएको छ । अन्य पालिकाहरूले ६० भन्दा माथि अंक ल्याउन सकेको छैनन् ।यसभन्दा अघिल्लो वर्ष ८३.७५ अंकसहित धनुषाको औरही गाउँपालिका प्रथम भएको थियो । यसपटक सो पालिका ४३.१ मात्र ल्याएर ४० अंक तल झरेको छ ।

उपमहानगर र महानगरको नतिजा कमजोर देखिएको छ ।मधेशको एक मात्र वीरगञ्ज महानगरपालिका ४३.१ मात्र पाएको छ । अघिल्लो वर्ष दोस्रो ८१.२ अंकसहित दोस्रो भएको बाराको कलैया उपमहानगरपालिका ५८.१ अंकमा सीमित भएको छ ।

जितपुर सिमरा उपमहानगर ४४ र जनकपुरधाम उपमहानगरपालिका ३५.८ अंक मात्र ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस