काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो ।
बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने, ‘आजै १५ मिनेटका लागि स्थगित भएको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउँदछु । आजैको बैठकमा यसअघि सभाबाट भएको निर्देश बमोजिम छानबिन गरी निष्कर्षमा पुग्ने जानकारी गराउँदछु ।
आकस्मिक र शून्य समय सकिएपछि सभामुखले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले उनले बोलेका कुरा संसद्को रेकर्डबाट मेट्न माग गर्दै बैठकमा अवरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध
प्रतिनिधि सभा बैठकको समय आधा घण्टा सर्यो
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक सुरु