संसद्‌मा बास्कोटा- जनताले भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्नु भनेका छन्

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १५ : ०१
संसद्‌मा बास्कोटा- जनताले भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्नु भनेका छन्

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताए ।

‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत ।

यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब,’ बास्कोटाले भने ।काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गरे ।

‘दोस्रो, काभ्रेले काठमाडौंका उपभोक्ताहरूलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर सरकारले बनाओस् । अगामी बजेटमा यो व्यवस्था गर्न माग गर्दछु,’ बास्कोटाले भने ।

काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस