काठमाडौं। नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिका कारण निष्काशनमा पर्ने नेपालीको उद्धारका लागि एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद महेश बस्नेतले निष्काशनमा पर्ने नेपालीको उद्धारमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘ट्रम्प प्रशासनको आप्रवासन नीतिका कारण आप्रवासी निष्काशन गर्ने काम भएको छ । त्यसको चपेटामा १५ सय देखि ३ हजार नेपाली नागरिक परेको कुरा आएको छ । उनीहरूको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण गराउँछु’ सांसद बस्नेतले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’