काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई कारवाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।
टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
काँग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
यही विषयमा हिजो (बिहीबार)को संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
गृहमन्त्रीको एक वर्ष : कानुनी सुधारको प्रयास
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक