काठमाडौं । फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् ।
रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको प्रहरीले आरोप उनीमाथि लगाएको छ ।
उनको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेल कोर आई ५ कम्पनीको सीपीयू ४ थान, मोडेम १६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम १९० थान, एनसेल सिम २७० थान बरामद गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै उनको साथबाट एउटा एलसीडी मोनिटर, एउटा ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबललगायत सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी