‘एक आनाको जमाना’ सार्वजनिक

रासस

सोमबार, १७ पुस २०७४, २० : २३
‘एक आनाको जमाना’ सार्वजनिक


काठमाडौँ । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ ।  यहाँ आज आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्रा डा डिल्लीराम दाहालले सो पुस्तक विमोचन गरे । सो पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले प्रकाशन गरेको हो ।

सो अवसरमा पत्रकार दाहालले ‘एक आनाको जमाना’ पुस्तकले नेपाली सहित्यको क्षेत्रमा रुचि राख्ने पिँढीलाई आकर्षित गरेको छ भने । साहित्यकार गौतमले आफ्ना अनुभूतिलाई समेटिएको ‘एक आनाको जमाना’ ‘यो पुस्तक त्यो बेलाको संस्करण भएको बताए ।

साहित्यकार गौतमका ‘समग्र कथा’ (कथा संग्रह), ‘वञ्चक’ (अनुभवन्यास) लगायतका पुस्तक सर्वत्र बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस