काठमाडौँ । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।
यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सिंहदरवारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै