काठमाडौं । पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।
दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना