एप्पलले विकास गर्दैछ लामो दूरीको वायरलेस चार्जिङ प्रविधि

एजेन्सी

सोमबार, १७ पुस २०७४, २० : ०९
एप्पलले विकास गर्दैछ लामो दूरीको वायरलेस चार्जिङ प्रविधि

आइफोन निर्माता एप्पलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क अफिसमा आफ्नो नाउँम एक पेटेन्ट दर्ताका लागि आवेदन पेश गरेको छ ।

यो आवेदन एक विशेष प्रविधिका लागि दिइएको हो, जसका माध्यमबाट आइफोन, एप्प्ल वाच तथा आइप्याडमा लामो दूरीको वायरलेस चार्जिङ प्रविधि भित्रिनेछ ।

रेडियो फ्रिक्वेन्सीमा आधारित लङ्ग रेन्ज वायरलेस चार्जिङ्ग प्रविधिलाई अमेरिकी संघीय सञ्चार आयोगबाट कन्जुमर सेफ्टी सर्टिफिकेट प्राप्त भैसकेको छ । यो सँगै यस प्रविधि लोकप्रिय बन्ने सम्भावना अझै बढेको छ ।

एप्पलले शुक्रकार एक रिपोर्टका माध्यमबाट बताएको छ, ‘हामीले युनिक शेड्यूलिङ सिस्टम तथा वायलेस पावर ट्रान्सफरका लागि पेटेन्ट आवेदन गरेका छौँ । यो प्रविधिबाट मोबाइल ब्याट्रीलाई तारविना नै चार्ज गर्न सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस