काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार विषयक छलफलमा पौडेलले लामो समयदेखिको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् ।
समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दाबी गरे ।
पौडेलले निजी क्षेत्र उठाउँदै आएका मागहरूलाई सम्बोधन गर्ने गरी ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे । उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा पौडेल अर्थमन्त्रीको जोड
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल