काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएका कारण केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढीको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व व्यहोरिसकेकाले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी नरोकिने बताए ।
पौडेलले भने- केही समय हामीलाई अप्ठेरो भएकै हो तर कानूनसम्मत तरिकाले दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको छ । अघिल्लो वर्षको भुक्तानी सकेर हामी अघि बढेका छौँ । कसैले बिल बमोजिमको भुक्तानी माग्छ भने दिन सक्ने अवस्थामा पुगेका छौँ । बिल पेश गरेपछि भ्याट बुझाउनुपर्छ तर भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने अब पर्दैन । सरकारले गत वर्षको दायित्व समेत भुक्तानी गरेर निर्माण व्यवसायीले दाबी गरेको भुक्तानी दिने अवस्था सिर्जना गरेको छ ।
उपप्रधानमन्त्री पौडेलले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र लगानीको वातावरणलाई सहज बनाउनकै लागि सरकारले आर्थिक अध्यादेशमार्फत कानूनहरुमा संशोधन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता