काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएका कारण केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढीको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व व्यहोरिसकेकाले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी नरोकिने बताए ।
पौडेलले भने- केही समय हामीलाई अप्ठेरो भएकै हो तर कानूनसम्मत तरिकाले दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको छ । अघिल्लो वर्षको भुक्तानी सकेर हामी अघि बढेका छौँ । कसैले बिल बमोजिमको भुक्तानी माग्छ भने दिन सक्ने अवस्थामा पुगेका छौँ । बिल पेश गरेपछि भ्याट बुझाउनुपर्छ तर भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने अब पर्दैन । सरकारले गत वर्षको दायित्व समेत भुक्तानी गरेर निर्माण व्यवसायीले दाबी गरेको भुक्तानी दिने अवस्था सिर्जना गरेको छ ।
उपप्रधानमन्त्री पौडेलले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र लगानीको वातावरणलाई सहज बनाउनकै लागि सरकारले आर्थिक अध्यादेशमार्फत कानूनहरुमा संशोधन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने