काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धा सुमन व्यक्त गरेकी छन् । सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको योगदान अमर रहेको बताएकी छन् ।
“सहिद दिवसमा सहिदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र सहिदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु”, एक्समा उनले लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ माघ २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
मनमोहन अधिकारीले ल्याएको कार्यक्रमको जस अहिले पनि एमालेले पाइरहेको छ : पूर्वराष्ट्रपति भण्डारी
महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी