काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित गरेको छ । प्रदेश सभा सचिवालयले १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम तय गरेको थियो ।
१८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचन गर्ने गरी तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । अब सचिवालयले पुनः अर्को सूचना जारी गरेर निर्वाचनको मिति तय गर्ने उनले प्रशासनलाई बताए ।
उनका अनुसार हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको सभापति रिक्त रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान
निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो
निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो