काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित गरेको छ । प्रदेश सभा सचिवालयले १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम तय गरेको थियो ।
१८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचन गर्ने गरी तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । अब सचिवालयले पुनः अर्को सूचना जारी गरेर निर्वाचनको मिति तय गर्ने उनले प्रशासनलाई बताए ।
उनका अनुसार हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको सभापति रिक्त रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग
निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?