काठमाडौ । रोजगारका लागि क्यानडा पठाउने भन्दै १२ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ का ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । उनले चार जना व्यक्तिबाट १२ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पौडेलले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेका बताइएको छ।
त्यसपछि सम्पर्वविहीन भएकोमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ