काठमाडौं । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका छन् । आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले उक्त विधेयकबारे धारणा माग गरेका हुन् ।
संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् । उनले आजै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संसद् अधिवेशन, विधेयक, बिजनेस लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख घिमिरेले संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकबारे धारणा मागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो ? अगाडि बढाउने कि नबढाउने ? यो विषयमा प्रष्ट पानुपनर्यो,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘संवैधानिक परिषदसम्बनधी विधेयक संसद्मा गएर अड्कियो भन्ने छ । यसमा के गर्ने हो ? भनेर प्रश्न उठाउनुभयो ।’
यसबारे एमाले मुख्य सचेतक महेश बर्तौलाले सभामुखलाइ जवाफ दिएका थिए ।
उनले संसद्मा विचाराधिन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने सभामुखलाई बताएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलील सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने