काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् ।
आज विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विशेष परिस्थितिमा बनेकोले आफ्नो अभिभारा पूरा गर्ने बताए । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले राजश्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजश्व चुहावट, अनियमितताका प्रवृत्तिहरूलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता सङ्गठनले आफ्ना सदस्यहरूलाई निर्देशित गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा पौडेल अर्थमन्त्रीको जोड
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल