विरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
शनिबार पर्साको वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो ।
यसैगरी लोसपाकै केन्द्रीय सदस्य एवं वीरगंज–५ निवासी अवस्थित जोशी जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गरेका छन् ।
नव प्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
नव प्रवेशिहरूको प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री प्रदीप यादवले विश्वास ब्यक्त गरे ।
उनले भने,‘समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँजस्तो ऊर्जावान युवा र अनुभवी अनुहारले पार्टी संगठनको निर्माणमा उचाई पाउने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाका पाण्डे मन्त्री नियुक्त
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान