एजेन्सी । युक्रेनले कम्तीमा १२१ ड्रोन प्रयोग गरेर रुस र मस्कोको रियाजानमा रहेको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ।
रुस र युक्रेनबीच जारी युद्धमा यसलाई आफ्नो किसिमको एक मात्र ठूलो अपरेसनका रूपमा वर्णन गरिएको छ।
बीबीसीले प्रमाणित गरेको भिडिओ फुटेजमा मस्कोको दक्षिण-पूर्वमा रहेको रियाजान क्षेत्रमा रहेको रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागेको देखिन्छ।
यसैबीच रुसले मस्को र रियाजानसमेत गरेर १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। तर रुसले कुनै पनि क्षतिबारे जानकारी दिएको छैन।
अर्कातर्फ युक्रेनले पनि किभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प
ओमानमा तेल भरिएका ट्यांकमा ड्रोन प्रहार, भीषण आगलागी
इरानले अरब सागरतर्फ पठाएको ड्रोन अमेरिकी सेनाद्वारा खसालिएको पुष्टि
ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण