सुर्खेत । दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले आजबाट नेतृत्व पाएका छन् ।
लेखा समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली काँग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।
कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रदेश मामिला समितिको सभापतिमा भने नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तरता पाएकी छिन् ।
यसअघि लेखा समितिको सभापतिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिमा दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी रहेका थिए ।
लामो समयसम्म समिति नेतृत्वविहीन हुँदा सरकारका कामकारबाही निगरानी गर्नेदेखि समितिमा गएका विधेयकउपर छलफल हुन सकेको थिएन । अब भने उक्त समस्या टरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई