सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’सर्वसम्मतिले पारित गरेको छ ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
यसअघि विधेयक माथि भएको छलफलमा प्रदेशसभा सदस्य पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाहीले भाग लिएका थिए । त्यसपछि समाजिक विकास मन्त्री खड्काले छलफलका क्रममा उठान भएका प्रश्नको जवाफ दिएका थिए ।
संशोधित विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको संख्या साविककोभन्दा थप गरिएको छ । साथै प्रतिष्ठानका कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकास मन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गनुपर्नेलगायतको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण