त्रिवेणी । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते