विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् ।
शुक्रबार साँझ विराटनगर आएका प्रचण्डले बिहानै विराटनगरकाे पाेखरियाबाट मर्निङवाक गर्दै जलजलामाेड, काेशी अस्पताल, सहिद रंगशाला हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि चियापान गरेका थिए ।
उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।
ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ । दिउँसो ४ बजे कार्यक्रम सकेर प्रचण्ड राजधानी फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?