काठमाडौँ । नेपाली कांग्रेसले संसदीय खाली भएका तीनवटा संसदीय समितिको संयोजक नियुक्त गरेको छ । बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ ।
त्यस्तै बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ । कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै