काठमाडौँ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि बैठक बोलाएका छन् । उनले फेब्रुवरी २५ र २६ मा लाहोरमा बैठक बोलाएका हुन् ।
पाकिस्तानले अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पूर्व सहमति अनुसार तयारी बैठक बोलाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । कमिटीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने उल्लेख छ ।
त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने उनले बताए । सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी