काठमाडौँ । पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि बैठक बोलाएका छन् । उनले फेब्रुवरी २५ र २६ मा लाहोरमा बैठक बोलाएका हुन् ।
पाकिस्तानले अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पूर्व सहमति अनुसार तयारी बैठक बोलाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । कमिटीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने उल्लेख छ ।
त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुने उनले बताए । सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यति बेला पाकिस्तानी ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु