काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौँमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतका अनुसार लामिछानेले धरौटी बापत बैंक ग्यारेन्टी पेस गरेका छन् । जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
रवि लामिछानेको भेरिफाइड फेसबुक पेज बन्द
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
सर्लाही–४ मा अमरेशको पक्षमा चुनाव प्रचार गर्न आज जाँदै रवि लामिछाने