काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरिएको छ । चिनियाँ नागरिक यु हुआन हुआनलाई फर्पिङबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अपहरणकारीको खोजीमा जुटेका थिए ।
अपहरणमा संलग्नहरूलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल नेतृत्वको टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित दुईजना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङ्गलतिर भागेका थप दुई जनालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको चालक सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेका छौँ ।’
पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ