काठमाडौं। डडेल्धुरामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका- ३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगर छन् । २४ वर्षीया अस्मिता थापा मगरको हत्या गरेको अभियोगमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको क्रममा डम्बरबहादुरले आफ्नै घर आँगनमा एकनाले भरुवा बन्दुकबाट गोली प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको सूचना प्रहरीले प्राप्त गरेको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ