काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् ।
उनले यस दिनकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।
उनले भने–'यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ।'
माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने प्रचण्डले उल्लेख गरेका छन् ।
'हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु' उनले शुभकामना सन्देशमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’