काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सबैभन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।
डंगोलले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्समात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउँछ, कानूनमा मात्र बसाल्छ भन्ने लाग्न सक्छ । तर, स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’
यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई प्रोत्साहन समेत गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह