काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसद्को अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् । ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने उनको भनाई थियो । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए ।
त्यस्तै घिमिरेले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १६ : ३६
लेखकबाट थप