काठमाडौं। जय एलिट टफ्रीको आइतबारको खेलमा बागमती प्रदेशका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेश लामिछानेको स्पीनअगाडि टिक्न सकेन । सन्दीपको घातक बलिङपछि मधेश ३५.२ ओभरमा १०२ रन बनाउँदै अलआउट भएको छ । मधेशका लागि मयन यादवले सर्वाधिक २१ रन बनाए ।
उता आइतबारकै अर्को खेलमा पुलिस क्लबका ललित राजवंशीले सात विकेट लिएका छन् । पर्साको वीरगञ्जमा भएको खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिला ब्याटिङमा बोलाएको थियो । आर्मीलाई पुलिसले ३४.४ ओभरमै १२१ रनमा अलआउट गरको छ । जसमा ललित एक्लैले सात विकेट लिए । यस्तै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक एक विकेट लिए ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए । अब केही समयपछि पुलिसले आफ्नो पहिलो इनिङ्स खेल्नेछ । दुई दिवसीय क्रिकेट घरेलु मैदानमा लामो समयपछि फर्किएको हो । तर, रेड बल क्रिकेटमा नेपाली ब्याटरहरू भने टिक्न सकेनन् ।
पहिलो इनिङ सुरु गरेको नेपाल पुलिसले पनि खराब सुरुवात गरेको छ । उसका ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भएका छन् । उनलाई सोमपाल कामीले इनिङ्स पहिलो बलमै आउट गरेका थिए । उसले २१ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने