चीन । चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् ।
अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।चीन सरकारले अहिले देखा परेको भाइरसलाई नियन्त्रण गर्न नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको जनाएको छ ।
सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरको भनाइ छ । डाक्टरले कोरोना महामारी जस्तै यो भाइरसले पनि अर्को स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने हो की भन्ने चिन्ता व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० पुस २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास