काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै दुई प्रमुख पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताए।
उनले भने, ‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन्। तर, यो सरकारले दशै तिहार नै कट्दैन भनेर हल्ला फैलाइयो। त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ। त्यसपछि सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयो।
रवि लामिछानेलाई कानूनी कारबाही गर्दा नारायणहिटी दरबारभित्र राजा पस्नेसम्म योजना बनाइयो। त्यो पनि कुप्रचार नै थियो। सुरुमा केही मान्छेहरू सडकमा देखिएको भए पनि बिस्तारै हराउँदै गएको छ। उनले रविको विरुद्धमा बिस्तारै तथ्यहरू आउन थालेपछि नयाँ भन्नेवित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
एमालेले राम्रो काम गरेकै कारण चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल