काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’
साथै, उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको जिकिर गरे ।
‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं,’ उनले भने । केही ठाउँमा आरक्षण र निकुन्जका कारण अवरोध भए पनि अधिकांशश ठाउँमा राजमार्गको काम पूरा भएको उनको भनाइ थियो ।
‘आम रुपमा हुलाकी राजमार्ग पूरा भएको छ । १० वटा हुलाकी राजमार्गमा आधुनिक सहर बनाउने भनेका छौं । त्यो बढाएर १३ वटा बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन