काठमाडौँ। रुसका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हवाई क्षेत्रमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी माग्नुभएको छ । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् घटना भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ ।
पुटिन प्रशासनले निकालेको विज्ञप्तीमा आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेको बताए पनि अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको स्वीकार भने गरेको छैन । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
बुधवार अजरबैजानी विमान कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । रुसको दक्षिणी भागबाट फर्कँदै गरेको विमान अवतरण गर्ने बित्तिकै आगो लागेको थियो । बिमानमा ६७ जना रहेकोमा ३८ जनाको ज्यान गएको थियो । विमानको अघिल्लो भागमा आगो लागेको थियो । बाँच्नेहरु पछिल्लो भागमा रहेकाहरु हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण