काठमाडौँ। रुसका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हवाई क्षेत्रमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी माग्नुभएको छ । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् घटना भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ ।
पुटिन प्रशासनले निकालेको विज्ञप्तीमा आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेको बताए पनि अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको स्वीकार भने गरेको छैन । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
बुधवार अजरबैजानी विमान कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । रुसको दक्षिणी भागबाट फर्कँदै गरेको विमान अवतरण गर्ने बित्तिकै आगो लागेको थियो । बिमानमा ६७ जना रहेकोमा ३८ जनाको ज्यान गएको थियो । विमानको अघिल्लो भागमा आगो लागेको थियो । बाँच्नेहरु पछिल्लो भागमा रहेकाहरु हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण