काठमाडौ । शनिबार स्वर्ण दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले घोषणा गरे, “यो आकारको दीक्षान्त समारोह त्रिविमा विगतमा पनि भएको छैन र अब भविष्यमा पनि हुने छैन ।”
किनकि त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४ हजार ३०८ जना विद्यार्थी सहभागी थिए । दीक्षित भएका छोराछोरीसँग खुसियाली साट्न उपस्थित भएका अभिभावक, दीक्षित विद्यार्थीका श्रीमान्, श्रीमती छोराछोरीलगायत अन्य सदस्यसमेत गणना गर्दा ३० हजारको हाराहारीमा उपस्थिति रहेको परीक्षा नियन्त्रक जोशीको अनुमान छ ।
एकै पटकमा यति धेरै विद्यार्थी र अभिभावकलाई उपस्थित गराएर दीक्षान्त समारोह सम्पन्न गराउँदै आएको त्रिविले अब भने यसको शैली बदल्ने भएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार अबदेखि कि त छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह हुने छ । त्यो हुन सकेन भने सम्बन्धित सङ्काय अनुसार फरक फरक मितिमा दीक्षान्त समारोहको आयोजना गरिने छ । त्रिवि अन्तर्गत नौ वटा सङ्काय छन् ।
दीक्षान्त समारोहको शैली बदल्ने विषयमा उपकुलपतिको अध्यक्षतामा रहने विश्वविद्यालयको कार्यकारी परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ तर सङ्काय अनुसार दीक्षान्त गराउँदा पनि नौ वटा सङ्कायका लागि नौ पटक नै गराउनुपर्ने भएकाले छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह गर्दा उपयुक्त हुने धेरैको राय छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको निर्णयविरुद्ध १०त्रिवि संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)