काठमाडौं । नेपालका नेताहरुको केही दिन यता दिल्ली दौडाह शुरु भएको छ । अनेक कार्यक्रम बनाई नेताहरु दिल्ली पुग्ने र फर्किने क्रम बाक्लिएको मेसोमा कांग्रेसका महामन्त्री गगन थापा पनि नेपालगञ्जको स्थलमार्ग प्रयोग गरी शुक्रबार सुटुक्क दिल्ली पुगेका छन् ।
सरकारको सहयात्री दलका महामन्त्री थापाको दिल्ली यात्रालाई निक्कै चासोका साथ हेरिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको औपचारिक दिल्ली भ्रमण हुन नसकिरहेको र ओलीले भ्रमणका लागि निक्कै जोडबल गर्दा पनि सकारात्मक सन्देश प्राप्त भईनसक्दा सत्तासहयात्री दलका महामन्त्री थापाको दिल्ली भ्रमण भएको छ ।
'उहाँ (गगन) केही राजनीतिक भेटघाट गर्ने गरी नेपालगन्ज हुँदै नयाँ दिल्ली पुग्नुभएको छ, आज शनिबार दिनभर भेटघाट सकेर आइबार सोहीमार्ग हुँदै नेपाल फर्कने कार्यक्रम छ,’ गगन निकट स्रोतले भन्यो ।
भारतले केही दिन अगाडी मात्रै यूरोप हुँदै दिल्ली नै पुगेकी कांग्रेस नेतृ समेत रहेकी परराष्टमन्त्री डा आरजु राणलाई पनि खास महत्व नदिएपछि कांग्रेसले महामन्त्री थापालाई सुटुक्क दिल्ली पठाएको बुझिएको छ ।
ठिक चार महिना अगाडी भारत भ्रमणमा जाँदा परराष्टमन्त्री आरजुले निक्कै सम्मान पाएकी थिइन् । तर त्यसको चार महिनापछि दिल्ली पुग्दा उनले निक्कै कोसिस गर्दा पनि राजनीतिक भेटघाट गर्ने अवसर पाइनन् । जसकाकारण कांग्रेस मात्र होइन, अहिलेको सरकारको नेतृत्व गरिरहेको एमालेसमेत झस्केको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली २० मंसिरमा चीन भ्रमण गरेर फर्किएबाटै उनको भारत भ्रमणका लागि पहल भइरहेको थियो । तर, हालसम्म भारतीय पक्षबाट निम्तो आएको छैन । यस्तोमा परराष्ट्रमन्त्री आरजुको दिल्ली यात्रा पनि राजनीतिक भेटघाट बिना नै फर्किनु परेपछि सत्ता सहयात्री दुवै दल झस्केको बेला गगन दिल्ल्ी पुगेका हुन् ।
गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । त्यसलगत्तै थापा दिल्ल्ी पुगेका हुन् ।
राणा दिल्लीमै रहेका बेला एमाले उपमहासचिव समेत रहेका पूर्व परराष्टमन्त्री प्रदीप ज्ञवाली समेत दिल्लीमै थिए । ज्ञवाली पनि प्रधानमन्त्री ओलीको भारत भ्रम्णका लागि निक्कै जोडबलसहित लागेका छन् । तर परिणाम आउन सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी