बेइजिङ । चीनले तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउन लागेको छ । तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्पोमा बाँध निर्माण प्रस्ताव सरकारले पारित गरेको हो।
यो बाँधका कारण आसपासका तिब्बतीहरू विस्थापित हुने चिन्ता त छँदैछ । भारत र बंगलादेशसम्म पनि यसको वातावरणीय असर पुग्न सक्नेछ । यो बाँधले हाल विश्वको सबैभन्दा ठुलो जलविद्युत् आयोजनाको रूपमा रहेको थ्री गर्जेज ड्यामले भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने बताइएको छ ।
चीनको सरकारी सञ्चार माध्यमले यसलाई सुरक्षित परियोजना बताएको छ । यसले चीनको कार्बन तटस्थताको नीतिमा सहयोग पुर्याउने र स्थानीय स्तरमा समृद्धि बढाउने तर्क पनि पेस गरिएको छ । तर मानव अधिकारकर्मीहरू भने यसको दूरगामी असरबारे चिन्तित भएका छन् ।
पहिलो पटक यो बाँध बनाउने घोषणा २०२० को अन्त्यतिर गरिएको थियो । बाँध बनाउँदा स्थानीय बासिन्दाहरू विस्थापित हुने चिन्ता छ । यसले स्थानीय पर्यावरणमा क्षति पुर्याउने चेतावनी पनि दिइएको छ ।
बाँधको पानीलाई नाम्चा बार्वा पहाडमा प्वाल पारेर कम्तीमा २० किम लामो सुरुङ बनाएर खसाल्नु पर्नेछ । यस परियोजनाले वातावरणमा खासै ठुलो असर नपार्नेमा चिनियाँ अधिकारीहरूले जोड दिइरहेका छन् । तर बाँधको प्रभाव क्षेत्रमा कति मानिस प्रभावित हुनेछन् भन्ने बारे बताइएको छैन । थ्री गर्जेज जलविद्युत् परियोजनाको जलाशय बनाउँदा १४ लाख मानिस विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण