काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि उचालेको जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।
‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद ! फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’
प्रधानमन्त्री ओलीले शनिबार बिहान एक भिडियो सन्देश जारी गर्दै आफू एक महिना पहिल्यै तय भएको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपरेकाले एनपीएलको फाइनल हेर्न त्रिवि मैदान पुग्न नसक्ने बताएका थिए ।
उनले त्रिवि मैदान नपुगेपनि मोबाइला वा टेलिभिजन कुनै पनि माध्यमबाट खेल हेर्ने भन्दै दुवै टोलीलाई शुभकामना दिएका थिए । खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतका उच्चपदस्त व्यक्तिहरू त्रिवि मैदान पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना